संघर्षमा हामी झुक्ने हो कि भन्ने चिन्ता छ : महरा

211
  •  
  •  
  •  

काठमाडौं, ९ साउन (ओएनएस) एमाओवादी महासचिव कृष्ण बहादुर महराले विस्तारवाद र साम्राज्यवाद विरुद्धको संघर्षमा माओबादी झुक्ने हो कि भन्ने चिन्ता बढेर गएको बताएका छन् ।
मुलुकमा सामन्तवाद विविध रुपमा अस्तित्वमा रहेका कारण थप संघर्षको आवश्यकता रहेको भन्दै महराले राजनैतिक क्रान्ति सम्पन्न भइसकेको भन्ने प्रवृत्ति पार्टीभित्र विकास हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरे ।
शुक्रवार जनसंचार अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले विस्तारवाद र साम्राज्यवादसँगको संघर्ष थप घनिभूत बनाउनु पर्ने बताएका हुन् ।
‘सामन्तवादको अवशेष, आर्थिक, राजनैतिक क्षेत्रमा विभिन्न खाले रुपमा अझै क्रियाशिल छ’, उनले भने,‘हामी झुक्ने होइन, त्यसको अन्त्यको लागि फेरि संघर्ष गर्नु छ ।’
विगतको शसस्त्र संघर्ष तत्कालीन समयको आवश्यकता भन्दै महराले अब नयाँ किसिमको शान्तिपूर्ण संघर्ष गर्नुपर्नेमा जोड दिए । सबै माओबादी र प्रगतिशील, देशभक्त नागरिकहरु अब एक ढिक्का भएर सामन्तवाद, विस्तारवाद र साम्राज्यवाद विरुद्ध लड्नुपर्ने बेला आएको उनले जिकिर गरे ।


  •  
  •  
  •