पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

399
  •  
  •  
  •  

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।

संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा चलेको मुद्दामा उच्च अदालतले पनि महरालाई सफाइ दिएको हो।

पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।


  •  
  •  
  •