उच्च अदालत पाटनले माग्यो महराको कैफियत प्रतिवेदन

74
  •  
  •  
  •  

काठमाडौं । बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको कैफियत प्रतिवेदन उच्च अदालत पाटनले जिल्ला अदालतसँग माग गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महराले दिएको निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो ।

जिल्ला अदालतले कैफियत प्रतिवेदन पठाएपछि अर्को सुनुवाइ हुने अदालतले जनाएको छ । सुनुवाइपछि उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामै राख्ने, धरौटी लिएर तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिनेछ ।

महराले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै यहि मंसिर ५ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


  •  
  •  
  •