सत्ताको विवादले संविधान लेखन अघि बढेन : महासचिव महरा

116
  •  
  •  
  •  

Maharaप्युठान, २१ पुस (ओएनएस) प्रमुख विपक्षी दल एमाओवादीका महासचिव कृष्णबहादुर महराले सत्तारुढ दलहरुबीच सत्ता समीकरण र नेतृत्वको विवादले संविधान लेखनमा अघि नबढेको आरोप लगाएका छन् । ।

क्रान्तिकारी पत्रकार संघ प्युठानले सोमबार गरेको पत्रकार सम्मेलनमा काँग्रेस र एमालेबीच अब कसले सरकारको नेतृत्व गर्ने र को प्रधानमन्त्री बन्ने होड चल्दा संविधान लेखमा विवाद भएको महराले दाबी गरे । उनले संविधान लेखनमा सबैको सहमति खोज्न नसकिने भएपनि प्रमुख शक्तिबीच भने सहमति हुनु पर्ने बताए ।

महराले संविधान निर्माणमा सभामुख सुवास नेम्वाङलाई हस्तक्षेप गर्ने अधिकार नभएको बताउँदै  संविधान निर्माण र जारी गर्ने अधिकार राजनीतिक दललाई मात्रै भएको भन्दै नेम्वाङले गर्न खोजेको हस्तक्षेप अलोकतान्त्रिक भएको महाराले बताए ।

विवादित विषयमा सहमति हुन सके पनि अब तोकिएको मितिमा संविधान नआउने उनको दाबकी थियो ।

उनले राज्य पुनःसंरचना, शासकीय स्वरुप र न्याय प्रणालीका विषयमा देखिएको मुख्य विवादमा जेठ २ गते भएको सहमति कार्यान्वयन भए आफूहरू तत्काल सहमतिमा जाने बताए ।


  •  
  •  
  •