पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन : नेता महर

513
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको बताए । उनले सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट सञ्चालित भएको आरोप लगाए ।

नेविसंघका निवर्तमान अध्यक्ष समेत रहेका महरले सरकार जनताका लागी नभई माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेको बताए ।

निगमको अहिले पाक्षिक नाफा ७ करोड भन्दा बढी छ यस्तो बेला जनतालाई राहत दिन मुल्य घटाउन छोडेर झन् किन बढाएको भन्दै महरले सरकार आफैँ व्यापारी भएर कल्याणकारी बन्न नसकेको बताए ।

‘बाइडबडी, ३३ किलोसुन ,बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरुलाई पैसा पुगेन र पेट्रोलियम पदार्थको मुल्य बढाएको हो, यो जनतामारा सरकार हो ।’

कम्युनिस्ट सरकार बने पश्चात जनताका दैनिक उपभोग्य चीजवस्तुमा ३००५ भन्दा बढी मूल्य वृद्धि भएको र यस पटक पनि पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले अझ मुल्य आकासीएर जनताले सास्ति बेहोर्नु परेको नेता महरले आरोप लगाए ।


  •  
  •  
  •