स्पष्ट प्रतिबद्धता नआएसम्म वार्ता हुँदैन : अध्यक्ष ठाकुर

143
  •  
  •  
  •  

mahanth thakurभक्तपुर, २९ माघ : तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले वार्ता र आन्दोलन एकै साथ नहुने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रश्नावली निर्माण समितिलाई विघटन गरेर प्रक्रिया रोक्ने स्पष्ट प्रतिबद्धता नआएसम्म बार्तामा नबस्ने बताएका हुन् ।

उनले अन्तरिम संविधानले निर्देशित गरेअनुसार मधेश आन्दोलन र माओवादी जनयुद्धलाई सम्बोधन नगरिकन जारी गरिने संविधानको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् ।

ठाकुरले वार्ताका लागि प्रधानमन्त्रीले जारी गरेको वक्तब्य चित्त बुझ्दो नभएको भन्दै उनले आन्दोलन नरोकिने बताएका छन् । सत्तापक्षले परिवर्तनकारी शक्तिलाई सहमतिमा ल्याएर अघि जान नसक्दा आन्दोलनमा जानु बाध्यता भएको उनले बताए ।

मोर्चामा फुट हल्ला मात्रा भएको र मोर्चामा विभिन्न राजनीतिक दलहरु सहभागी भएकाले दलहरु विचार फरक मत हुनु स्वभाविक भएपनि मुख्य एजेन्डामा एक जुट भएर अग्रसर बनिरहेको उनले बताएका छन् ।

‘संघ राज्य अन्र्तगत तराईका पाँच जिल्लालाई सत्ता पक्षले बटम लाईन बनाएको र विगतमा गरिएका सहमति र समझदारीलाई लत्याउँदै अगाडि बढेकाले नेपालको राजनीतिक वृतमा द्धन्द्ध बढेको छ ।, उनले भने, ‘यदि मोर्चाको मागलाई बेवास्ता गर्दै संविधान जारी गरिए देशमा सदा द्धन्द्ध रहिरहने छ ।’

ठाकुरले भने, ‘अन्तरिम संविधानमा उल्लेख भएको विषयलाई अपहेलना गर्दै सभामुखले प्रश्नवाली समिति निमार्णमा देखाएको अग्रसरता आफैमा गलत भएकाले त्यसको सुधार तर्फ अग्रसर नबने देश ठूलो दुर्घटनामा जाने सम्भावना रहेको छ ।’


  •  
  •  
  •