संविधान संशोधन नभइ निर्वाचन हुनै सक्दैन : ठाकुर

138
  •  
  •  
  •  

MAHANTA-THAKURकाठमाडौं, २३ माघ (ओएनएस) : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक पारित नभएसम्म कुनै पनि निर्वाचन हुनै नसक्ने जिकिर गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले संशोधन पारित भएमात्र मधेसी मोर्चा निर्वानमा जाने बताए ।

मधेसी मोर्चाका नेता ठाकुरले आफूहरु निर्वाचनको विरोधी नभएको तर, समस्याको समाधान नगरी गरिने कुनै पनि निर्वाचनले देशलाई निकास नदिने बताए । ‘संविधान संशोधन नगरी गरिने कुनै पनि निर्वाचनमा मोर्चाले भाग लिदैन,’ उनले भने, ‘यदी सरकारले बलपूर्वक निर्वाचन गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ ।’


  •  
  •  
  •