निर्णायक वार्ता नभए आन्दोलनको स्वरुप परिवर्तन गरिने : ठाकुर

217
  •  
  •  
  •  

महोत्तरी, १३ कात्तिक(ओएनएस) : तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आफूहरुको आन्दोलनमा अन्तराष्ट्रिय समुदायको नैतिक समर्थन रहेकोले अन्तिम समयमा पनि राज्यले सहमति गर्नैपर्ने बताएका छन् ।

महोत्तरीको मटिहानीस्थित सिमानाकामा धर्ना दिँदै उनले चीन मधेश आन्दोलनमा फौजी कारबाही हुनुपर्ने पक्षमा नरहेको जिकिर गर्दै संयुक्त राष्ट्रसंघ सहित अन्तराष्ट्रिय जगतको समर्थन भएकोले सीमाङ्कनमा सहमति नभएसम्म आन्दोलन नरोकिने बताए ।

सरकार परिवर्तन भएपनि मधेशको मागमा कुनै परिवर्तन नभएकोले कात्तिक १५ गतेको वार्तापछि आन्दोलनले नयाँ मोड लिने उनले जानकारी दिए । अहिलेको संविधानबाट वर्तमान समस्याको समाधान, राजनीतिक मार्गदर्शन र सबैपक्षलाई समेटेर लग्नुपर्ने कार्य नभएकोले तत्काल संशोधन आवश्यक रहेको जिकिर गर्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र जुनसुकै हालतमा लिएर छाड्ने अध्यक्ष ठाकुरको दाबी छ ।


  •  
  •  
  •