आज महानवमी मनाइँदै

55
  •  
  •  
  •  

काठमाडौं । आज महानवमी अर्थात् नवरात्रीको नवौँ दिन । दुर्गा माताको नवौँ शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइँदैछ । आजको दिन सिद्धिधात्रीको पूजा गर्नाले सिद्धता प्राप्त हुने मान्यता रहेको छ ।

साथै आज धनधान्यकी देवी माता महालक्ष्मीको पनि पूजा अर्चना गर्ने चलन छ ।
आजको दिनलाई निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि लिइन्छ ।

इन्जिनहरु, गाडी, कारखाना आदिमा आजकै दिन बलि चढाउने चलन पनि छ ।
आजको दिन शक्तिपीठ, दशैँघर र विभिन्न मन्दिरमा विशेष घुइँचो रहने भएपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले देशभरका शक्तिपीठहरुमा भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । त्यसैले राजधानी लगायतका देशभरका विभिन्न शक्तिपीठहरुमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।


  •  
  •  
  •