काठमाडौं महानगरपालिकाद्धारा चलिरहेको कार्यक्रम स्थगित

271
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : काठमाडौं महानगरपालिकाद्धारा चलिरहेको ज्येष्ठ नागरिकको स्वास्थ्योपचार कार्यक्रम स्थगित भएको छ। महानगरपालिकाले ६ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने स्वस्थ्य उपचार सेवा तत्कालका लागि स्थागित गरेको हो।

महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले हाल चिकित्सक र नर्सको अभावका कारण उक्त कार्यक्रमलाई निरन्तरता दिन नसकिएको जानकारी दिए।

महानगरपालिकाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर उक्त कार्यक्रम शुरु गरेका थिए।

कार्यक्रम अस्थायी भएका कारण पहिलो चरणको काम सकेर १०–१० चिकित्सक र नर्स आ–आफ्नो कार्य क्षेत्रमा फर्किसकेका महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो।
महानगरका ३२ वटै वडामा अठासी वर्ष उमेर पूरा भएका ५९६ नागरिक छन्।

अबको केही समयमा नै महानगरपालिकाले आवश्यक कर्मचारीको व्यवस्था गरी उक्त कार्यक्रमलाई निरन्तर दिने जनाएको छ।


  •  
  •  
  •