महाकालीमा पुल बनाउन भारतले माग्यो अनुमति

311
  •  
  •  
  •  

दार्चुला, ३ चैत (ओएनएस)  : भारतले दार्चुुलास्थित महाकाली नदीमा काठेपुल निर्माणका लागि नेपालसँग अनुमति माग गरेको छ।

भारतको पिथौरागढ जिल्लास्थित डिएम कार्यालयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पत्राचार गरी तीनवटा काठेपुल निर्माणको अनुमति माग गरेको हो।

नेपालको तम्बाकु र भारतको लखनपुर, नेपालको थिइ भीर र भारतको नजंगखोला तथा नेपालको दोपाखे र भारतको छंकन जोड्ने स्थानमा काठेपुलको प्रस्ताव आएको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

भारतले गत फागुनमा महाकालीमा एकतर्फी काठेपुल बनाउन खोजेकोमा नेपालले प्रतिवाद गरेपछि पछि हटेको थियो।

२१ फागुन मा दुई देशका अधिकारीबीच पिथौरागढमा भएको सीमा बैठकमा अस्थायी काठेपुल निर्माणका लागि भारतीय पक्षले अनुरोध गर्ने र नेपाली पक्षले फास्टट्र्याकबाट स्वीकृतिको पहल गर्ने सहमति भएको थियो ।


  •  
  •  
  •