‘महाजात्रा’को गीतमार्फत् २०८२ को दशैंमा नयाँ फिल्म ल्याउने घोषणा

61
  •  
  •  
  •  

काठमाडौं । फिल्ममा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मका तीन पात्र विपिन कार्की (फडिन्द्र), रविन्द्र सिंह बानियाँ (जोयश) र रविन्द्र झा (मुन्ना)को मित्रता बोल्ने गीतमा हर्क साउदको शब्द रचना छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर छ । फिल्ममा यो गीतले कथावाचनको काम गरेको छ । तीन पात्रको झाँगिँदो मित्रता र आत्मीयतालाई गीतमा देखाइएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, वर्षा राउत, दिव्य देव, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, अरविन खड्काको पनि अभिनय छ । सार्वजनिक गीतको अन्तिममा ‘अब २०८२ को दशैंमा भेटौंला’ भनेर उल्लेख गरिएको छ । अर्थात् ‘जात्रा’ समूहको नयाँ फिल्म ०८२ सालको दशैंमा आउने भएको छ ।


  •  
  •  
  •