महाधिवेशन तयारीका लागि ‘राजपा’ नेपालको बैठक बस्दै

46
  •  
  •  
  •  

काठमाडौं, २९ माघ(ओएनएस) : महाधिवेशन तयारीका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालको अध्यक्ष मण्डलको बैठक आज बस्दैछ ।

दिउँसो पार्टी केन्द्रीय कार्यालय बबरमहलमा हुने बैठकमा महाधिवेशन तयारीमा केन्द्रित भएर छलफल हुने नेताहरुले बताएका छन् ।

महाधिवेशनको कार्यतालिका प्रकाशन र सदस्यता वितरण लगायतका विषय बैठकको कार्यसूचिमा छन् ।

महाधिवेशनकै लागि राजपाले २७ जिल्लामा पाँच लाख बढी सक्रिय सयदस्यता वितरण गरिसकेको छ ।
फागुन भित्र वडा तहदेखि प्रदेशसम्मको अधिवेशन सक्ने राजपाको तयारी छ ।

महाधिवेशन भने आगामी बैशाख ७, ८ र ९ गते गर्ने तयारी छ । महाधिवेशनको मिति भने तय भैसकेको छैन ।


  •  
  •  
  •