‘महाभोज’ को मञ्चन भदौ १४ बाट

827
  •  
  •  
  •  

काठमाडौं । नाटक ‘महाभोज’ भदौ १४ गतेबाट मञ्चन हुने भएको छ । ४० वर्ष अगाडि भारतमा मन्नु भण्डारीले लेखेको नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन हुन लागेको हो ।

विप्लव प्रतीकले अनुवाद गरेको नाटकलाई अनुप बरालले निर्देशन गरेका छन् । नाटक भदौ १४ गतेदेखि असोज १२ गतेसम्म मञ्चन हुनेछन् ।

सोमबार बाहेक हरेक दिन साँझ ५ः१५मा मण्डला नाटकघरमा मञ्चन हुनेछ । नाटक ‘महाभोज’को पोस्टर पनि सार्वजनिक भएको छ । नाटकमा रमेश बुढाथोकी, राजन खतिवडा, शेखर चापागाईं, सिर्जना सुब्बा, शोमनाथ खनाल, विजय बराल, दीपा जोशी लगायत ३६ जना कलाकार छन् । राजनीतिक विषय उठान गरेको नाटक हो ।


  •  
  •  
  •