काठमाडौं, १४ भदौं, (ओएनएस) ; मगर समुदायले सोमबार मगरातको माग गर्दै पश्चिमको १८ जिल्ला बन्द गरेको छ । बन्दको प्रभावले १८ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मगराँत संघर्ष समितिको आयोजनामा पाल्पा, गुल्मी, अर्घाखाँची, तनहुँ, बाग्लुङ, स्याङजा, कास्की, लमजुङ, गोरखा, म्याग्दी, पर्वत, रोल्पा, रुकुम, प्युठान, दाङ, डोल्पा लगायतका जिल्ला बन्द आहृवान गरिएको मगराँत संघर्ष समितिले जनाएको छ । यसैगरी लिम्बुवानको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ । लिम्बुवान पार्टी नेपालले आव्हान गरेको आमहड्तालको कारण सोमबार विहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजिवन प्रभावित भएको छ ।
बन्दको कारण ताप्लेजुङसहित पुर्वका विभिन्न जिल्लाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने शैक्षिक संस्था, कलकारखाना र बजारपसल बन्द रहेका छन् ।
चार दलले गरेको ७ प्रदेशको खाकामा असमति राख्दै लिम्बुवान स्वायत्त प्रदेश निर्माणका लागि सरकारले यस अघि गरेको सहमति कार्यान्वयनको माग गर्दै सोमवार र मंगलबार दुई दिन पुर्वका नौ जिल्लामा आमहड्तालको आवाहान गरेको संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले बताए ।
लिङ्देनले चार दलले ७ प्रदेशको खाका तयार गरी लिम्बुवानको भावना समेट्ने प्रयास नगरेको भन्दै लिम्बुवानले त्यसमा असहमति राख्दै ऐतिहासिक आधारमा नौ जिल्ला भएको राज्यको माग गरेका छन् ।