माग्ने र तक्मेको “खेलो” (भिडियोसहित)

98
  •  
  •  
  •  

सम्झना गैरे, काठमाडौं २ भदौ (ओएनएस) :  ‘उँहा मेरो गुरु जी, म उँहाको चेलो, गुरु र चेलाेको छ एउटा सानो खेलाे’, भन्दै हास्यकलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) आजभोली आफू र केदार घिमीरे (माग्ने बुढा) बिचको सम्बन्धलाई अर्थाउन थालेका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य सिरियल ‘मेरी बास्सै’ बाट आजभोली माग्ने र तक्मे हराएका छन् ।

magne with takme
तस्विर: कविन अधिकारी

सिरियलबाट एकाएक चर्चित कलाकार हराउँदा दर्शकलाई जिज्ञासा बढेको छ । तपाईहरु एकाएक मेरी बास्सैमा देखिन छोड्नु भो नी भन्ने ओएनएसको प्रश्नमा केदार भन्छन्, ‘आर्थिक लेनदेनमा मिडिया हबसँग कुरा नमिलेपछि कार्यक्रम छोडे, मिले फेरी गर्नसक्छु ।’ ‘तर तपाईसँगै विल्सन पनि देखिन छोड्नु भो किन होला ?’ यो प्रश्न भूईमा झर्न नपाउदै विल्सनले केदारलाई उछिनेर भने, ‘उहाँ मेरो गुरुजी म उँहाको चेलो, जहाँ गुरुजी उही देखिन्छ चेलोको खेलो ।’

बिगत दुई वर्षदेखि सिरियलमा साथ—साथै देखिँदै आएकाे यो जोडीले कम समयमै अत्याधिक विदेश भ्रमण गर्यो । ‘उँहाको साथमा कार्यक्रममा देखिन पाउनु मेरो लागि ठूलो कुरा हो । यो क्षेत्रमा मलाई ल्याउने गुरुको साथमा गाईजात्रा प्रहसन गरिरहेको छु, दर्शकले अत्याधिक रुचाए’ भन्दै विल्सन मख्ख अवस्थामा देखिए ।
एकअर्कालाई भित्र मनले बुझेको बताउने यो जोडीले हास्दै भन्छ, ‘हाम्रो अन्डरस्ट्यान्डिङ अत्यन्त राम्रो छ । कहिलेकाही मन नपरे भेटेर एकछिन लाप्पा खेल्छौ, फेरी सम्बन्ध उस्तै ।’

विल्सनका अनुसार नेपाली कला क्षेत्रमा उनको न्वारन माग्नेबुढाले गरेका हुन् । ‘केदारजी मेरो बाउ म उँहाको छोरो, बाउले न छोरा छोड्न सक्छ,न छोराले बाउ ।’ कार्यक्रम उत्पादक कम्पनी मिडिया हबले केदारलाई कि मेरीबास्सै छोड कि विल्सन विक्रम राईलाई छोड भने पनि केदारले कार्यक्रम नै छोडेको संचारमाध्यमा समाचार आएको थियो ।
प्रज्ञाप्रतिष्ठानमा चलिरहेको गाईजात्रामा यो जोडिलाई साथमा देख्न सकिन्छ ।


  •  
  •  
  •