पति मार्ने पत्नीलाई अचम्मको सजाय, २० वर्षसम्म बिरामीको सेवा

171
  •  
  •  
  •  

judge-hammerकाठमाडौ, २७ चैत(एजेन्सी) : राजस्थानको बीकानेरमा पतिको हत्या गरेकी एक पत्नीलाई अनौठो सजाय सुनाइएको छ । पतिको हत्यामा दोषी ठहर गरिएकी ती महिलालाई किशोर न्याय बोर्डका प्रधान मजिस्ट्रेट जगेन्द्र कुमार अग्रवालले २० वर्षसम्म प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक दुई घण्टा बिरामीको सेवा गर्ने र सरसफाई गर्ने आदेश दिएका छन् ।

११ वर्ष अगाडि पेमा देवी नाबालिक थिइन् । उनले २८ जुन २००४ मा आफ्नो पति सुरजारामको बेल्चा प्रहार गरी हत्या गरेकी थिइन् । प्रहरीले पेमा देवीलाई पक्राउ गरेर नाबालिग भएका कारण किशोर न्याय बोर्डसमक्ष पेश गरेको थियो । किशोर बोर्डले पेमा देवीलाई पतिको हत्याको दोषी मानिएको छ । उनलाई त्यहाँको किशोर न्यायको कानुन अनुसार सामुदायीक सेवा अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई २० वर्षसम्म प्रतिदिन २ घण्टा सेवा गर्ने आदेश दिएको हो ।

समाज कल्याण्ड विभागका कर्मचारीहरूले प्राथमिक स्वास्थ्य केन्द्रमा पेमा देवीको कामको प्रतिवेदन हरेक महिना किशोर न्याय बोर्डलाई दिनुपर्ने छ । सुरजारामका भाईले प्रहरीलाई पेमाले सुरजारामलाई सुतिरहेको समयमा सावेलले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् ।


  •  
  •  
  •