यस्तो पेन जसले अपराधी समात्न मद्धत गर्छ…(फोटोसहित)

85
  •  
  •  
  •  

काठमाडौ, २८ असोज (एजेन्सी) : वैज्ञानिकहरूले एउटा यस्तो पेनको निर्माण गरेका छन्, जसले अपराधी समात्नका लागि मद्धत गर्छ । सुन्दा अचम्म लाग्ने यो पेनको माध्यमबाट अपराधीको पहिचान सहजै हुन सक्छ ।

घटनाका समयमा यदी अपराधीले कुनै ठाऊँमा आफ्नो औलाको निशान छोडेको छ भने सोही निशानका आधारमा अपराधीका पक्राउ गर्नका लागि यो पेनले मद्धत गर्छ । यो पेनको निर्माण लिसेस्टर युनिभर्सिटीका अपराध विज्ञानका डाक्टर जोन बोण्डले गरेका हुन् । यो पेन पेट्रोल स्टेशन र एटिएम आदीबाट थर्मल पेपरमा पाइने रसिदमा दर्ता गरिएको औलाको निशानको पहिचान गर्न सक्छ ।

पेनको फोरेन्सिक विशेषज्ञ, प्रहरी र अपराधको जाँच गर्ने व्यक्तिका लागि निकै सहज हुनेछ । यसको मद्धतबाट अपराध कम गर्न सकिन्छ । पेनलाई थर्मल पेपरमा प्रयोग गर्नाले पेपरको रंग बदलिन्छ र यसमा रहेको औलाको निशान पहिचान गर्न सकिन्छ ।

 

magic pen to catch criminals

magic pen to catch criminals1


  •  
  •  
  •