मलेसियामा मगरहरुले मनाए माघे संक्रान्ति

131
  •  
  •  
  •  

क्वालालाम्पुर, ६ माघ(ओएनएस) : नेपालीको प्रमुख चाडहरूमध्येको एक मकर संक्रान्ति पर्व मलेसियामा पनि मनाइएको छ । माघे संक्रान्ति पर्व धुमधामसँग मनाउने मगरहरूले मलेसियामा पनि धुमधामसँग मनाएका छन् ।

maghe sakranti in malaysia2प्रवासी मगर संघ मलेसियाको आयोजनामा भएको कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । एन बी पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनका अध्यक्ष शंकर बहादुर पौडेल प्रमुख अतिथि तथा चलचित्र निर्देशक सुरज सुब्बा नाल्बो विषेश अतिथि रहेका थिए ।

maghe sakranti in malaysia3कार्यक्रममा अन्य थूप्रै संघसंस्थाका प्रतिनिधीहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सबैलाई रोटी र तरूल खुवाइएको थियो । जलपान कार्यक्रममा राम अस्लामी मगरले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य सूवर्ण थापा मगरले व्यक्त गरेका थिए । मगर संघलाई सहयोग गर्ने चेलीहरूलाई सम्मान पनि गरिएको थियो ।


  •  
  •  
  •