मायोज र म्यागी ब्रान्डका चाउचाउ बिक्रिमा रोक

283
  •  
  •  
  •  

काठमाडौं, ३२ जेठ (ओएनएस) : अखाद्य तत्व मिसाएको पुष्टि भएपछि नेपालमा बिक्रि वितरण हुँदै आएको म्यागी र मायोज ब्रान्डका चाउचाउलाई कारबाही गरिनुका साथै बिक्रिमा रोक लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुवै चाउचाउमा ‘मोनोसोडियम ग्लुटामेट’ (एमएसजी) नामक तत्व मिसाएको परीक्षणबाट थाहा हुन आएकोले  खाद्य ऐन र नियमावलीअनुसार कारबाही अगाडि बढाउने विभागका प्रवक्ता पूर्णचन्द वस्तीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै जनाएका हुन् ।

चाउचाउको लेबलमा ‘नो एमएसजी’ लेखिए पनि परिक्षणमा एमएसजी भेटिएकाले कारबाही अघि बढाउने निर्णय भएको विज्ञप्तीमा जनाइएको छ ।

म्यागी, वाईवाई लगायतका चाउचाउमा सिसा (लिड)को मात्रा भने परिधि भित्रै पाइएको विभागले जनाएको छ । नमुना परिक्षणमा मोनोसोडियम ग्लुटामेटा पाइएकाले कारवाही गर्ने विभागले जानकारी दिएको छ ।

म्यागी र एमएम चाउचाउका सबै उत्पादनहरु बजारमा हाललाई विक्री वितरण नगर्न तथा बजारबाट २ महिना भित्र त्यस्ता उत्पादन हटाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिइएको छ ।

विभागका अनुसार म्यागीसहित नेपालमा उत्पादित विभिन्न ब्राण्डका चाउचाउका १३ नमुना संकलन गरेर परीक्षण गर्दा मोनोसोडियम ग्लुटामेटा पाइएको छ ।

तर, यसको मात्रा सरकारले चाउचाउका लागि तोकेको अनिवार्य गुणस्तर अनुसार अधिकतम १ प्रतिशतको परिधिभित्र पाइएको छ ।  बाँकि चाउचाउको परिक्षण चलिरहेको बताउँदै विभागले कुनै पनि खाद्यवस्तु आयात गर्दा विभागको अनुमति लिएर तथा परिक्षण गराएर मात्र गर्न पनि आग्रह गरेको छ ।


  •  
  •  
  •