म्यागी चाउचाउ नेपालमा प्रतिबन्ध

193
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ (ओएनएस) :  भारतीय ब्राण्डको म्यागी चाउचाउलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहिबार विज्ञप्तिमार्फत चाउचाउलाई नेपालमा पनि बिक्री, वितरण र आयतमा प्रतिबन्ध लगाएको हो ।

चाउचाउमा अध्याधिक मात्रामा खतराजन्य अखाद्य तत्वको मात्रा पाइएपछि  बुधबार भारतमा प्रतिबन्ध लगाइएको थियो । भारतमा प्रतिबन्धमा परेपछि गुण नियन्त्रण विभागले  अनुसन्धानको लागि भन्दै अनिश्चितकालको लागि नेपालमा पनि प्रतिबन्ध लगाएको हो ।

नेपालमा पनि उक्त चाउचाउको बिक्री वितरण हुँदै आएकोमा सरकारले त्यसको अनुसन्धान नहुन्जेलसम्मलाई बजार प्रवेशमा रोक लगाएको हो ।

म्यागीमा अखाद्य पदार्थको मात्रा बारे अनुसन्धानको गर्ने बताएको गुण नियत्रन्त्रण विभागको रिपोर्टमा सकारात्मक भए सधैलाई प्रतिबन्ध लगाउने जनाइको छ ।

Pressrelese-about-Maggi-Noodles


  •  
  •  
  •