काठमाडौं, १५ फागुन (ओएनएस) : काठमाडौंको टुँडिखेलमा प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलन शुक्रबार आयोजना गरियो । मगर दिवसको उपलक्षमा आयोजित कार्यक्रममा राजधानीमा रहेका मगरहरु आफ्नो परम्परागत भेषभूषामा उपस्थित भएका थिए ।
कार्यक्रममा मगर समुदायका परम्परागत विभिन्न परिकारहरु समेत राखिएका थिए । यस्तै, मगर समुदायले आफ्नो सांस्कृतिक नाचगान पनि प्रस्तुत गरेका थिए । हेरौ तस्विरमा मगर सम्मेलन :-