माग सम्बोधन गर्न चिकित्सकको ७२ घण्टे ‘अल्टिमेटम’

330
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : आन्दोलनरत सरकारी चिकित्सकहरुले आफ्नो मागको सम्बोधन गर्न सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएका छन् ।

फाइल तस्बिर

सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले गत शुक्रबारदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प गर्दै आएको थियो । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, सरकारले ७२ घण्टाभित्र माग सम्बोधन नगरे सबै सेवा ठप्प गरी थप आन्दोलनमा उत्रिनेछौं ।’

डाक्टरहरू विरोधमा आएसँगै हजारौँ बिरामीहरु मर्कामा परेका छन् । चिकित्सकहरुको आन्दोलनका कारण देशभरका स्वास्थ्य सेवा ठप्प भएको छ ।

बीर अस्पतालमा बुधबार भने प्रहरीले बल प्रयोग गरेर काउन्टर खोलेको थियो ।


  •  
  •  
  •