आज अधिकांशको नजर एल क्लासिको तिर

कसले मार्ला बाजी ?
367
  •  
  •  
  •  

८ पुस – यदि तपाई फूटबल प्रेमी हुनुहुन्छ भने अवस्य पनि आजको दिन गन्दै बस्नु भएको थियो होला । फूटबल प्रेमी धेरैले हेर्न रुचाउने र चासोको खेल एल क्लासिको आज हुदैछ । फूटबल प्रेमीहरुको मात्र नभएर समग्र खेल क्षेत्रमा चासो राख्ने व्याक्तिहरुको नजर पनि आज एल क्लासिकोतिर हुनेछ । फूटबलमा रुचि भएका व्यक्तिहरुले त आजको खेल छुटाउनै चाहदैनन् । कतिपयले त व्यस्तताका बाबजुत पनि समय समयमा लाइभ अपडेड हेर्ने गरेको पनि पाइन्छ । क्लबहरुको खेल मध्येको धेरैले हेर्न रुचाउने खेल पनि एल क्लासिकोलाई मानिन्छ ।

फूटबल जगतका दुई महारथी रियल म्याड्रिड र बार्सिलोनाबिचको खेललाई एल क्लासिको भन्ने गरिन्छ, साथै यो यसै नामले पनि चर्चित भएको छ । यी दुई विचको भिडन्तलाई विश्वकै वहुप्रतीक्षित खेलको रुपमा पनि लिइन्छ भने कतिपयले त म्याड्रिड र क्लाटान संस्कुति तथा विचार धाराको लाडाईको रुपमा पनि चित्रित गर्ने गरेको पाइन्छ । एल क्लासिको दुई क्लबबिचको भिडन्तमात्र होइन फूटबलका उत्कृष्ट खेलाडिहरुको पनि भिडन्त हो । उत्कृष्ट खेलाडीहरु समेटिएको यी दुई टोली जब आमुने सामुने हुने गर्दछन सबैको चासोको विषय बन्न पुग्दछ । अहिले यी दुई टोलीको भिडन्त मात्र नभएर स्टार दुई खेलाडि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको पनि भिडन्त भएको धेरैले भन्ने गरेका छन् ।

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा आज नेपाली समय अनुसार पौने ६ बजे यी दुई टोली मैदानमा उत्रदै छन् । रियल म्याड्रिडको घरेलु मैदानमा हुने खेल यो सिजनको उपाधि रक्षाको लागि पनि महत्वपूर्ण मानिएको छ ।

एल क्लासिकोमा कुन टोली बढी सफल ?

एल क्लासिकोमा बार्सिलोना रियलभन्दा धेरै सफल भएको छ । अहिलेसम्म २ सय ६९ पटक मैदानमा यी टोली उत्रेका छन् । जसमध्ये २ सय ३५ खेल उपाधिको लागि खेलिएको हो भने ३४ खेल प्रदर्शनीको लागि खेलिएको हो । १ सय ११ खेल बार्सिलोनाले आफ्नो पक्षमा पारेको छ भने ९९ खेल रियलले जितेको छ । साथै ५९ खेल भने बराबरिमा सकिएको छ ।

उत्कृष्ट खेलाडि मेस्सी र रोनाल्डोमा को बढी सफल ?
लियोनल मेस्सीले रियल विरुद्ध ३६ खेलहरुमा खेलका छन् । उनले १६ खेलमा जित हासिल गरेका छन् भने १२ खेलमा पराजित हुनु परेको छ यस्तै ८ खेल बराबरिमा सकिएका छन् ।
क्रिस्टियानो रोनाल्डो भने एल क्लासिकोमा २८ खेलमा मैदान उत्रेका छन् । उनले खेलेका खेलहरुमा १३ खेलमा पराजित भएका छन् भने ८ खेलमा विजयी हासिल गरेका छन् । यस्तै उनले ६ खेल बराबरि खेल्नु परेको छ ।

मेस्सी र रोनाल्डोको एल क्लासिकोमा कस्को गोल कति ?
एल क्लासिकोमा लियोनल मेस्सीले खेलेका ३६ खेलहरुमा २४ गोल गरेका छन् भने १३ गोलका लागि पास मिलाएका छन् । क्रिस्टियानो रोनाल्डोले भने २८ खेलबाट १७ गोल गरेका छन् भने १ गोलको लागि पास मिलाएका छन् ।

आज हुने खेलमा भने रियल म्याड्रिड केहि दबावका साथ मैदान उत्रने अनुमान लागाइएको छ । अंक तालिकाको चौथो स्थानमा रहेको म्याड्रिड उपाधि रक्षाका लागि भएपनि जित्नै पर्ने लक्षका साथ मैदान उत्रने छ । यी दुई बिचको अंक दुरि ११ रहेको छ । पछिल्नो पटक यी दुई टोलीले खेलको खेलमा भने रियल म्याड्रिड ३–१ गोल अन्तरले विजयी भएको थियो । एजेन्सीको सहयोगमा ।


  •  
  •  
  •