म्याड्रिड डर्बीमा एथ्लेटिकोको सान

170
  •  
  •  
  •  

२५ माघ (एजेन्सी) : स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडलाई नमिठो झड्का लागेको छ । शनिबार राति भएको डर्बी भिडन्तमा डिफेन्डिङ च्याम्पियन एथ्लेटिको म्याड्रिडले रियललाई ४–० को फराकिलो अन्तरको पराजित गर्याे ।

जितपछि एथ्लेटिकाले शीर्ष स्थानको रियलसँगको अंक दूरी ४ मा झारेको छ । लिगमा २२ खेलबाट रियलको ५४ अंक छ भने तेस्रो स्थानको एथ्लेटिकाको ५० अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनाको पनि ५० अंक नै छ ।

डर्बी भिडन्तको १४ औं मिनेटमा टिएगोले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए । चार मिनेटपछि निगुएजले एथ्लेटिकोको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा ग्रेजम्यानले तेस्रो गोल गरेपछि खेलमा एथ्लेटिको पूर्णमा हाबी देखियो ।

खेल सकिन एक मिनेट बाँकी छदा मारियो मान्जुकिकले अर्काे गोल थप्दै एथ्लेटिकाको ४–० को जित पक्का गराए ।

अन्य खेलमा भिल्लारियलले ग्रानडालाई २–० र लेभान्टेले मालागालई ४–१ ले हराउँदा रियल सोसीडाड र सेल्टा भिगोले १–१ को बराबरी खेले ।


  •  
  •  
  •