मदिरा सेवन गरेर कार्यालयमा गालीगलौच गर्ने वडाअध्यक्ष पक्राउ

581
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : मदिरा सेवन गरेर कार्यालयमा गालीगलौच गर्ने वडाअध्यक्ष पक्राउ परेका छन्। ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीले दिउँसै मदिरा सेवन गरेर कार्यालयमा अाएर काम नगरी हाेहल्ला गरिरहेकाे अवस्थामा प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे।मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गरेपछि सेवाग्राहीहरुले प्रहरीमा खबर गरेका थिए।

स्थानीयले उजुरी गरेपछि वडाअध्यक्ष खत्रीलार्इ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए । ‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौँ, उहाँ अहिले प्रहरीमै हुनुहुन्छ ।’ शर्माले भने ।

खत्री साविकको फेदिगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उमेद्वार भई निर्वाचित वडा अध्यक्ष हुन्


  •  
  •  
  •