शासकवर्गको रवैयामा परिवर्तन भएको छैन : ठाकुर

217
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शासकवर्गको रवैयामा अहिलेसम्म पनि परिवर्तन नभएको बताएका छन् । उनले यसपटकको बजेट प्रस्तुतिले शासकवर्गको मानसिकता पुरानै रहेको पुष्टि भएको आरोप लगाएका छन् ।

‘बजेटको अध्ययन गर्ने हो भने जिल्लामै भेदभाव स्पष्ट देखिएको छ’, उनले भने केही गाउँहरुमा जथाभावी बजेट राखिएको छ, कुनै गाउँमा बजेट छ तर प्रोजेक्ट छैन ।’ उनले मधेशका जिल्लाहरुमा विनियोजित गरिएको बजेटबाट प्रष्टरुपमै भेदभाव भएको उदाहरणहरु रहेको बताएका छन् । यस भेदभावको विरुद्धमा संसदमा पनि आवाज उठाइएको उनले जानकारी दिए ।

राष्ट्रिय मधेशी अपांग महासंघ नेपालको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने,‘ मधेशी दलहरुसँग बारम्बार शासकवर्गहरुले असमानता र विभेदलाई हटाउने सहमति गर्छन् तर, कहिल्यै पनि लागू नगरेको गुनासो गरे । उनले संविधानसभा कसैले अनुदानमा दिइएको वा उपहार पाएको होइन, संविधानसभा जनताको संघर्षको परिणाम रहेको उल्लेख गरे । उनले लोकतन्त्रका लागि भएको आन्दोलनमा अपाङ्गहरुको पनि उल्लेख्य सहभागिता रहेको जिकिर गरे ।

महासंघको महाधिवेशनमा तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले देश अहिले एकदमै निर्णायक घडीमा रहेको बताए्का छन् । उनले संक्रमणकाल सबैका लागि भएको बताउँदै सबैले आ–आफ्ना अधिकारका लागि सजग हुनुपर्ने बताएका छन् । उनले यो संक्रमणकालको सबैको प्रयासले नै समाधान हुने बताए । संक्रमणकालको समाधान संघीय गणतन्त्रात्मक संविधानमा सबैको अधिकार सुनिश्चितता मात्र भएको बताएका छन् । उपाध्यक्ष त्रिपाठीले महाधिवेशनको सफलताको कामनासमेत गरेका थिए ।


  •  
  •  
  •