मधेशका मागलाई मजबुत बनाउन भन्दै ६ मधेसी दलहरुले ‘संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा’ लाई सक्रिया पार्ने भएका छन् । सोमबार राजधानीमा पत्रकारसम्मेलन गर्दै मधेशी दलहरुले मोर्चालाई ब्युँत्याएका हुन् ।
८ बुँदे घोषणा पत्र जारी गर्दै मोर्चा ब्यँुत्त्याइएको हो । मोर्चाको नेतृत्व फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गर्नेछन् ।
मोर्चामा तराइ मधेश लोकतान्त्रिक पार्टी (महन्थ ठाकुर), फोरम नेपाल (उपेन्द्र यादव), सद्भावना पार्टी (राजेन्द्र महतो), तराई मधेश सद्भावना पाटी (महेन्द्र) र राष्ट्रिय मधेश समाजवादी पार्टी (शरतसिंह भण्डारी) आबद्ध छन् ।
सोमबार सिंहदरबारमा पत्रकारसम्मेलन गर्दै ६ वटै पार्टीका शीर्ष नेताहरुले संबिधान निर्माण नभएसम्म सरकारमा नजाने बताए । मधेश आन्दोलनबाट पाएको उपलब्धिलाई रक्षा गर्नको लागि यसअघि भएका सहमितलाई कार्यान्वयन गर्नु पर्ने मोर्चाले माग गरेको छ ।
मार्चाले संगठन संरचना, संचान बिधि र आचारसंहित बनाउन कार्यदल समेत बताएको छ ।