संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ…(तस्विरसहित)

215
  •  
  •  
  •  

Madhesi protest against Govt at Singhdurbar4काठमाडौँ, २ जेठ(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले अहिले सिंहदरबार घेराउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस सिंहदरबारमा पुग्ने क्रम जारी रहेको छ ।

Madhesi protest against Govt at Singhdurbar1अहिले गठबन्धनले हनुमानस्थान र माइतीघरतर्फबाट धर्ना दिइरहेको छ । धर्नामा मोर्चाका शीर्ष नेताहरूको समेत सहभागिता रहेको छ ।
धर्नाका क्रममा सिंहदरबारमा मन्त्रीहरुलाई प्रवेशमा रोक लगाउने गठबन्धनको तयारी छ ।

Madhesi protest against Govt at Singhdurbarसरकारले सिंहदरबारको सुरक्षा ब्यवस्था कडा पारेको छ । ३ हजारभन्दा बढी सुरक्षाकर्मी बिहानैदेखि परिचालन गरिएको प्रहरीले जनाएको छ । सम्भावित झडपलाई ध्यानमा राखेर सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीको भनाई छ । सिंहदरबार घेराऊ कार्यक्रमको मानवअधिकार आयोगले अनुगमन गर्ने जनाएको छ ।

Madhesi protest against Govt at Singhdurbar3संविधानप्रति विमति जनाउँदै आन्दोलनमा उत्रिएको मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले आज र भोली सिंहदरबार घेराऊ कार्यक्रम तय गरिएको मोर्चाका नेताहरूले जनाएका छन् ।

Madhesi protest against Govt at Singhdurbar8संयुक्त मधेसी मोर्चाको नेतृत्वमा १० महिनासम्मको मधेस आन्दोलन निष्कर्षमा पुग्न नसकेपछि मधेसी दलहरू काठमाडौँ केन्द्रीत भएर आन्दोलन सुरू गरेका हुन् ।

Madhesi protest against Govt at Singhdurbar2 Madhesi protest against Govt at Singhdurbar7 Madhesi protest against Govt at Singhdurbar6 Madhesi protest against Govt at Singhdurbar5


  •  
  •  
  •