मधेसी मोर्चाले वार्ता बारे छलफल गर्ने

192
  •  
  •  
  •  

काठमाडौँ, २७ बैशाख(ओएनएस) : सरकारसँग गर्ने वार्ताका विषयमा मधेसी मोर्चाले छलफल गर्ने भएको छ । सरकारले वार्तामा आउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आइतबार औपचारिक पत्र पठाएपछि वार्ताका विषयमा आज छलफल गर्न लागेको हो ।

मोर्चाले माग पुरा गर्ने सुनिश्चित भए मात्रै वार्ता गर्ने प्रारम्भिक प्रतिक्रिया दिएपनि पत्रका विषयमा आज छलफल गर्नेछ । सरकारको वार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पत्र पठाई वार्तामा आउन आग्रह गरेका हुन् ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले सरकारसँग वार्ता गर्न मोर्चा तयार रहेको तर त्यसअघि छलफल गर्ने जानकारी दिए । मोर्चामा केही नेता भने वार्ता गर्न नहुने पक्षमा छन् । पत्रमा वार्ताको मिति दुवै पक्षको सहमतिमा तोकिने उल्लेख गरिएको छ ।


  •  
  •  
  •