काठमाडौं १० बैशाख (ओएनएस) : संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले देशब्यापी आन्दोलन गर्ने भएको छ । मोर्चासहितको संघीय गठबन्धनले आगामि बैशाख १५ गतेबाट ७५ ओटै जिल्लामा आन्दोलन गर्ने निणर्य गरेको छ । तर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छैन । स्रोतका अनुसार आजै सार्वजनिक गरिदैछ ।
बैशाख १५ गतेबाट निरन्तर रुपमा चल्ने आन्दोलनमा धर्ना, जुलुस, मजदुर दिवस, आमसभा र सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने लगायतका रहेका छन । पहिलो चरणमा धर्ना, दोस्रोरचणमा जुलुस र सभा, जिल्ला मन्त्रीलाई रोक लगायतका कार्यक्रम हुनेछन् ।
यसअघि काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताइएपनि सहभागि कमजोर हुने भन्दै मोर्चा पछि हटेको छ ।