काठमाडौं १४ कात्तिक (ओएनएस) :
मधेसी मोर्चाले मधेसमा दुई प्रदेशमा सरकार सहमत नभए वार्ता नगर्ने भएको छ । संविधान संसोधन मार्फत संघिय प्रदेश बनाउन तयार नभए वार्ता नगर्ने र आन्दोलनका लागि फेरि तराई झर्ने तयारी भएको छ । जनकपुरमा आज सरकारकोसँगको वार्ता र आन्दोलनको तयारीका शिलसिलामा छलफल हुने भएको छ ।
सरकारसँग गर्ने वार्ताका विषयमा धारणा बनाउन मधेसी मोर्चाले आन्तरिक छलफल गर्न लागेको नेताहरुले बताएका छन् । भोलि तय गरिएको वार्तामा मोर्चाका तर्फबाट अन्तिम बटम लाईन र सरकारले भनेको संघिय आयोगका विषयमा धारणा बनाउन छलफल गर्न लागेको संघिय मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनले सीमांकनका विषयमा आयोग बननउन तयार नरहेको उनले बताए । उनले सरकारले ठोस प्रस्ताव ल्याउन नसकेकाले वार्ता निर्णायक बन्न नसकेको र भोलि निर्णायक बनाउन मोर्चाले पहल गर्ने बताए । मोर्चामाले मधेसमा दुई प्रदेश अडानका रुपमा अघि सारेको छ । सरकारी वार्ता टोलीले पनि गृहकार्य गर्दैछ । भोलिको वार्ता निर्णायक बनाउने तयारी छ ।