आन्दोलन क्षेत्र र सहभागिता बारे मोर्चामा विवाद

187
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख (ओएनएस) : आन्दोलनका कार्यक्रम तय गर्ने क्रममा मधेसीमोर्चाबीच विवाद भएको छ । विवादका कारण कार्यक्रम घोषणा गर्न सकेको छैन । मधेसी मोर्चाले नेतृत्वको संघीय गठबन्धनले आज आन्दोलनका कार्यक्रम तय गर्ने बताएको छ ।

तर, काठमाण्डु केन्द्रित गर्ने वा मधेसमा जिल्लामा गर्ने भन्नेमा कुरा नमिलेपछि आन्दोलनका कार्यक्रम तय हुन सकेको छैन । आज जिल्ला केन्द्रित गर्ने गरि आन्दोलनका कार्यक्रम कार्यक्रम तय तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश यादवले जानकारी दिए ।

हिजो बसेको गठबन्धनको बैठकले आन्दोलका कार्यक्रमलाई अन्तिम रुप दिए पनि आज मात्र सार्वजनिक गरिने उनले बताए । तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता यादबका अनुसार यही वैशाख दोस्रो हप्तादेखि आन्दोलन सुरु गर्नेमा सहमति भएको छ । जनतालाई सास्ती नहुने आन्दोलन सार्वजनिक गर्ने मोर्चाको तयारी छ ।


  •  
  •  
  •