मधेसी मोर्चाको सचिवालयको बैठक

320
  •  
  •  
  •  

काठमाडौं १६ फागुन (ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालयको बैठक आज बस्दैछ । हिजो विस्तार गरिएको सचिवालयको पहिलो बैठकले प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाउने ज्ञापनपत्र तयार गर्नेछ ।

आन्दोलनको कार्यक्रम पनि तय गर्नेछ । बैठक दिउँसो १ बजे काठमाण्डुको विजुली बजारमा रहेका तमलोपाको कार्यालयमा बोलाइएको छ । हिजो बसेको बैठकले आन्दोलन अघि सरकारलाई अल्टिमेटम दिने निणर्य भएको छ । बैठकले हिमाल, पहाड र तराई सबै क्षेत्रमा आदिवासी जनजाती र दलित समूदायलाई समेत समेटेर आन्दोलन गर्ने निर्णय गरेको थियो ।

मधेसी मोर्चाको आज बसेको बैठकले सचिवालय विस्तार गरेको छ । मोर्चामा तीन दल थपिएपछि सचिवालय विस्तार गरिएको हो । जसमा राजेन्द्र श्रेष्ठ, मनिष सुमन, बृजेशचन्द्र लाल, रामनरेश राय, केशब झा, कौशलेन्द्र मिश्र र परमेश्वर साह रहनु भएको छ । मोर्चाको बैठकले ११ बुँदे माग सम्बोधन लगायतको माग समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।


  •  
  •  
  •