मोर्चा नयाँ आन्दोलनको कार्यक्रम बनाउँदै

329
  •  
  •  
  •  

काठमाडौं १५ फागनु (ओएनएस) : सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने भएको छ । मोर्चाले शहर केन्द्रित कार्यक्रम गर्ने तयारी गरेको छ । विस्तार भएपछि पहिलो पटक बस्न लागेको मोर्चाको बैठकले आज आन्दोलन कार्यक्रम तय गर्नेछ ।

बैठकमा मोर्चाको विस्तार र त्यसको कार्यक्रमका विषयमा छलफल हुँदैछ । मोर्चामा अरु दल थपिएपछिको पहिलो बैठकमा मोर्चाले सरकारसँग गर्ने वार्ता, मोर्चाका आगामी कार्यक्रमका विषयमा केन्द्रित छलफल हुनेछ । मोर्चामा बिहीबार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा बसेको बैठकले शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सदभावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक मोर्चामा आवद्ध भएका छन् ।


  •  
  •  
  •