मधेसी मोर्चाको आन्दोलनको नयाँ रणनीतिमा, आज बैठक

123
  •  
  •  
  •  

काठमाडौं २४ माघ (ओएनएस) :
सयुक्त मधेसी मोर्चाले भावी आन्दोलनको कार्यक्रम र प्रमुख दलसँगको वार्ताका विषयमा आज धारणा तय गर्दैछ । बीरगञ्ज नाका घोषणा नगरि खुलेपछि त्यसको पक्ष–विपक्षमा बाँडिएको मोर्चाले त्यसमा पनि आधिकारीक र साझा धारणा तय गर्नेछ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज मोर्चाको शीर्ष तहको बैठक बसेर आन्दोलनको नयाँ कार्यक्रम ल्याउने बताए । उहाँले बीरगञ्ज नाका पूर्ण खोल्ने वा फेरि सबै नाका बन्द गर्ने भन्नेमा छलफल हुने जानकारी दिए । बैठक २ बजे बस्ने भनेर यसअघि अनौपचारीक छलफल भएपनि समय यकिन भइसकेको छैन । बैठकमा सीमांकनमा प्रमुख दलसँग राख्ने प्रस्तावका विषयमा पनि छलफल हुनेछ । छलफलका आधारमा मोर्चाले प्रमुख दलहरुसँगको अबको वार्ता गर्नेछ ।


  •  
  •  
  •