संविधान संशोधनपछि मोर्चासित संवाद टुट्यो

175
  •  
  •  
  •  

काठमाडौं १६ माघ ।
संविधान संशोधनपछि पनि मधेस आन्दोलनको अवतरणका लागि वार्ता र छलफलाई निरन्तरता दिने बताइए पनि एक सातादेखि संवाद टुटेको छ । गत शनिबार विपक्षी काँग्रेस सहित सत्तारुढ दलहरुले गत शनिबार संविधान संशोधन गरेका थिए ।

मधेसी दलहरुको विरोधकै बीच संशोधन भए पनि संशोधित प्रावधानहरुले मधेसका माग केही सम्बोधन भएको बिषलेष्ण प्रमुख दलहरुको छ । तर मधेसी मोर्चाले आन्दोलन जारी राखेको छन् । आन्दोलनको स्वरुप केही परिवर्तन गरेकाले अब सिमांकन टुंगो नलगाउँदासम्म औपचारिक अवतरण नहुने नभएकाले वार्ता अझै आवश्यक परिरहेको छ ।

प्रमुख दलका नेताहरुले अनौपचारिक रुपमा छलफल त गरिरहेका छन् । तर औपचारिक संवाद नहुदा गम्भिर कुराकानी अघि बढ्न सकेको छैन । प्रमुख दलहरु आन्तरिक बैठक र छलफलमा केन्द्रित भएकाले छलफल पातलिएको सरकारी वार्ता टोलीको सदस्य तथा कानूनमन्त्री अग्नि खरेलले बताए । ‘वार्ता र छलफल जारी राख्ने कुरा भएको छ, तर दलहरुका केही आफ्ना कामले गर्दा औपचारिक छलफल भएको छैन तर सरकार प्रमुख दलहर वार्ताबाट समस्या समाधान गर्न अहिले पनि उत्तिकै गम्भिर छन्’ मन्त्री खरेलले कान्तिपुरसँग भने ।

संविधान संशोधनपछि एमाओवादी सरकारको कामको समिक्षा गर्न तीन दिन स्थायी समितिको बैठकमा अल्झियो । बैठक सकिएपछि अध्यक्ष पुष्पकमल दाहालले मधेसी नेताहरुसंग अनौपचारिक रुपमा छलफल चाही गरेका छन् । एमाले नेता माधव नेपालले पनि अनौपचारिक भेटघाट भने जारी राखेका छन् ।

शुक्रबारबाट प्रमुख विपक्षी काग्रेस महाधिवेशनका कार्यक्रममा व्यस्त भएको छ । महाधिवेशनका प्रतिनिधि चयन गर्ने काम नसकिदा सम्म प्रमुख दल र मधेसीहरुबीच गम्भिर छलफल हुने संभावना कम छ । ‘काग्रेसको महत्वपूर्ण महाधिवेशनका काम चलिरहेका छन् त्यसका लागि संसद समेत स्थगित भएको छ’ मन्त्री खरेलले भने,‘काग्रेस नेताहरु केही फुर्सद भएपछि वार्ता फेरी गम्भिर रुपमा अघि बढ्छ ।’

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले प्रमुख दलहरुका तर्फबाट छलफलका लागि आह्वान नभएका जानकारी दिए । मधेसी मोर्चाका नेताहरुले पनि संविधान संशोधनपछि कसरी वार्ता अघि बढाउने भन्ने आन्तरक रुपमा गम्भिर छलफल गरेका छैनन् । मधेसी मोर्चाका नेता तराई मधेस लोकतान्त्रिक पाटीृका अध्यक्ष महन्थ ठाकुर भारतमा थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •