आन्दोलनबारे संघीय मधेसी गठबन्धन छलफलमा

224
  •  
  •  
  •  

काठमाडौं १० जेठ (ओएनएस) :
आगामी आन्दोलनका कार्यक्रमका विषयमा संघिय मधेसी गठबन्धनले छलफल गर्ने भएको छ । गठबन्धनको सचिवालयको बैठक बिहान बोलाइएको छ । काठमाण्डु केन्द्रित आन्दोलनको प्रभाव कमजोर देखिएपछि त्यसको समिक्षासहित थप कार्यक्रम तय गर्न छलफल गर्न लागेको हो ।

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले अब सरकारलाई दवाब दिने गरिका नयाँ कार्यक्रम तय गर्ने बताए । उनले सरकारका कारण वार्ता रोकिएकाले आफुहरु प्रतिवद्धता नआई वार्तामा नजाने र आजको छलफल आन्दोलनका विषयमा केन्द्रित हुने बताए । संघिय गठबन्धनले केही दिनयता काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेको छ ।


  •  
  •  
  •