तमलोपा र सद्भावनाबीच एकता तयारी

358
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस)  :  तीन मधेसी दलबीच हुने भनिएको एकता भाँडिएपछि दुई दलबीच एकीकरणको प्रयास भएको छ । तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीबीच एकता नहुने भएपछि तमलोपा र सद्भावनाबीच एकीकरण गर्ने गरी प्रयास भइरहेको छ ।

MAHANTA-THAKUR

तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोबीच केही चरणमा वार्तासमेत भएको स्रोतले बताएको । सद्भावना महासचिव मनिष सुमनका अनुसार तीन दलबीचको एकीकरण अबरुद्ध भएपछि तमलोपा र सद्भावनाबीचको एकीकरणको संभावना बढेको छ । ‘कुनै न कुनै रुपमा मिलेर जानुको विकल्प छैन’, सुमनले ओएनएससँग भने, ‘अब तीन दलबीच एकीकरण नहुने भएपछि दुईदल बिचमा नै भए पनि एकीकरण गर्नुपर्छ भन्नेमा नेताहरू सहमत छन् ।’

दुई दलबीच पार्टीको नाम र नेतृत्वको विषयमा अनौपचारिक सहमति समेत भइसकेको स्रोतले दाबी गर्यो । जस अनुसार एकीकृत पार्टीको नाम लोकतान्त्रिक सद्भावना पार्टी र अध्यक्षमा महन्ठ ठाकुर रहने सैद्धान्तिक सहमति भएको छ । कार्यकारी अध्यक्षमा राजेन्द्र महतो र बाँकी दुवै दलमा भएका नेताहरूको पदलाई यथावत राखिने सहमति भएको छ । एकीकरण भएको ६ महिनाभित्र महाधिवेशन गरी सांगठनिक संरचना मिलाउने अनौपचारिक सहमति भएको छ । ‘एकीकरण भयो भने भदौ महिनाभित्रै हुन्छ’, महासचिव सुमनले भने, ‘भदौभित्र भएन भने हामी पहिचानसहितको संघीयताका लागि सडक संघर्षमा जानेछौं ।’


  •  
  •  
  •