मधेसी मोर्चाद्वारा अनिश्चितकालीन बन्दको घोषणा

132
  •  
  •  
  •  

काठमाडौ, ३२ साउन(ओएनएस) : मधेसी मोर्चाले सोमबार अनिश्चिकालीन तराई-मधेस-थरूहट बन्दको घोषणा गरेको छ । वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्दको आयोजना गरेको मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन बन्दको आयोजना गरेको हो ।

मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको हो ।

वक्तव्यमा समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश-तराई-थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै रहिरहनेछ उल्लेख गरिएको छ । Madhesi-morcha


  •  
  •  
  •