संघीय समाजवादी गठबन्धनको बैठक आज बस्दै

122
  •  
  •  
  •  

काठमाडौं १४ जेठ (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वार्ताका विषयमा धारणा बनाउन संघिय समाजवादी गठबन्धनको बैठक बस्दैछ । बैठकमा आन्दोलनको समिक्षा पनि हुनेछ । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्ना सर्त पुरा नगरेसम्म वार्तामा नजाने विषयमा प्रष्ट भएपनि केही विषयमा धारणा बनाउनुपर्ने भएकाले बैठक बस्न लागेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन तीन पटक आह्वान गरेपनि गठबन्धन वार्तामा गएको छैन । दिउँसो ३ बजे संघिय समाजवादीको कार्यालय काठमाण्डुको तिनकुनेमा बोलाइएको बैठकमा भावी आन्दोलनका कार्यक्रममा विषयमा पनि छलफल हुनेछ । मोर्चाले काठमाण्डु केन्द्रित आन्दोलन जारी राखेपनि त्यसको प्रभाव देखिएको छैन ।


  •  
  •  
  •