सिंहदरबार र बालुवाटारपछि आज रत्नपार्कमा सर्दै संघिय गठबनन्धन

187
  •  
  •  
  •  

काठमाडौं ५ जेठ । संघीय गठबन्धनले मंगलबार  बालुवाटारस्थित प्रधानमन्त्रीनिवास घेराउ गरेको छ । बालुवाटार पुग्ने वेला केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । बिहान १० बजे गठबन्धनका नेता–कार्यकर्ता भाटभटेनीबाट जुलुससहित बालुवाटारतर्फ लागेका थिए । सुरुमै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर झडप भएको थियो । झडपमा करिब २० कार्यकर्ता घाइते भएको गठबन्धनका नेता मनीष सुमनले बताए ।

प्रदर्शनकारीले निषेधित क्षेत्र लेखिएको प्रहरीको काँडेतारको बारलाई फाल्नुका साथै प्रहरीमाथि लाठी प्रहार गरेका थिए । प्रदर्शनकारीको प्रहारबाट असइ रवीन्द्र दुलालको औँला भाँच्चिएको छ ।

आज आमसभा,

२९ दलका शीर्ष नेताले सम्बोधन गर्ने काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन गठबन्धनले रत्नपार्कको शान्तिबाटिकामा दिउासो आमसभा गर्दै छ । आमसभालाई गठबन्धनका २९ दलका नेताले सम्बोधन गर्नेछन् ।

समीक्षा बैठक बस्दै

काठमाडौंकेन्द्रित आन्दोलनको समीक्षा गर्न २९ दलीय संघीय गठबन्धनको मूल समिति बैठक मंगलबार बिहान ८ बजे बस्दै छ । संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकले आन्दोलनका थप कार्यक्रमबारे पनि छलफल गर्नेछ । गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार रत्नपार्ककेन्द्रित आन्दोलन, रिले अनशनलगायत कार्यक्रमबारे छलफल भइरहेको छ । तर, तत्काल कडा प्रकृतिको आन्दोलनको कार्यक्रम भने सार्वजनिक नगरिने नेताहरूको भनाइ छ  ।


  •  
  •  
  •