मधेसवादी दलहरुको अलग्गै मोर्चा निर्माण

73
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस)  : संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख मधेसवादी दलहरुको अलग्गै मोर्चा निर्माण भएको छ । मधेसी दलहरुको आज मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कार्यालयमा बसेको बैठकले मोर्चा निर्माण सहमति गरेको हो ।

उनीहरुले मोर्चा मार्फत राज्य पुर्नसंरचनमा संघीयता, सिमाङकन, नामाङकन लगायतका विवादित विषयमहरुमा मोर्चाले संविधानसभामा साझा धारणा र साझा दवाव सृजना गर्ने छन ।

स्वायत्त मधेस प्रदेश निर्माण र मधेसमा बढीमा दुई प्रदेश बनाउने लगायतका साझा एजेण्डापनि उनीहरुले तय गरेका छन ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोर्चा निर्माणपछि मधेसी एजेण्डा अझै प्रभावशाली रुपमा उठ्ने र ठूला दलहरुले नसुने आन्दोलन गर्नेसम्मको सहमति भएको जानकारी दिए ।

मोर्चामा फोरम लोकतान्त्रिक, फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी , तराई मधेस सदभावना पार्टी लगायतका दलका शिर्ष नेताहरुको सहभागिता रहेको छ ।


  •  
  •  
  •