मधेस आन्दोेलन मत्थर हुँदै

140
  •  
  •  
  •  

काठमाडौं २८ पुस । मधेस आन्दोेलन एक सातायता मत्थर हुँदै गएको छ । पाँच महिनादेखि जारी मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको वीरगन्जको जनजीवन पनि सहज बन्दै गएको छ । रक्सौल–वीरगन्ज नाकामा मधेसी दलको धर्ना र नाकाबन्दी जारी रहे पनि वीरगन्जका बजार र पसल खुल्न थालेका छन् ।

पुस १९ गते संघीय मधेसी गठबन्धन र खुद्रा व्यापारी संघबीच भएको छलफलमा व्यापारीले बिहानदेखि दिउँसो दुई बजेसम्म बजार र पसल बन्द गर्ने लिखित सहमति गरेका थिए । सहमतिको दुई दिन पनि बित्न नपाउँदै वीरगन्जका बजार र पसल बिहानैदेखि बेलुकासम्म खुल्न थालेका छन् । आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले कुनै अवरोध गरेका छैनन् ।  अन्नपूर्ण पोस्टबाट


  •  
  •  
  •