बेरोजगारी अन्त्यका लागि आर्थिक विकास आवश्यक : नेपाल

75
  •  
  •  
  •  

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

फाइल तस्बिर

भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि आग्रह गरे ।

यस्तै नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको उपचुनावमा नेकपाको जित सुनिश्चित भैसकेको दावी गरे ।


  •  
  •  
  •