‘रहर गर्दैमा कसैले पार्टीको नेतृत्व पाउँदैन

146
  •  
  •  
  •  

चुनौतीहरु छन् पार्टीको लिडरसीपमा । पद पाउँ भन्ने कुरा रहरले मात्रै हुँदैन । एकचोटि पद पाएर मात्रै जीवनको तात्पर्य पूरा हुन्छ भन्ने होइन । समाजको परिवर्तन र रुपान्तरणको अगुवाइ गर्न सक्नुप¥यो ।
नेकपा एमालेको नजिकै गरेको महाधिवेशनसँगै बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली अध्यक्षको दाबेदार देखिएका छन् । पार्टीमा उठेको नेतृत्व हस्तान्तरणको सवालमा दुवै नेताहरुले आ–आफ्नै व्याख्या प्रस्तुत गर्दै आएका छन् । शुक्रबार नयाँबानेश्वरमा केही सञ्चारकर्मीसँगको कुराकानीमा बरिष्ठ नेता नेपालले पार्टीको नेतृत्वमा नयाँ टिम आउनुपर्ने बताए । प्रस्तुत छ, सोही अन्र्तक्रियाको सम्पादित अंश :
तपाईले महाधिवेशनबाट पुरै नयाँ टिम आउनुपर्छ भन्नुभएको छ, तपाईको टिममा को–को हुनुहुन्छ ?
टिममा सुरेन्द्र पाण्डेजी हुनुहुन्छ, गोकर्ण विष्ट, घनश्याम भुषाल, भिम रावल, युवराज ज्ञवाली हुनुहुन्छ । अरु कति जनाको नाम भनु ? मिडियामा नआएका धेरै व्यक्तिलाई हामी ल्याउछौ । विद्धानहरु पनि छन् । संगठक छन्, प्रचारक छन् ।
तपाईको टिममा अहिले पदाधिकारीमा नभएकाहरु धेरै रहेछन् । अर्को महाधिवेशनमा अर्को नयाँ टिम आउने भयो भने त अपठेरो पर्ला नी ?
फेरि त्यहीँ पदमा दोहोरिने होइन । एक कार्यकाल वा दुई कार्यकाल कति बस्ने हो त्यो हामीले अब तय गर्नुपर्छ । उमेरको हद पनि तोक्नुपर्छ । ७० वर्ष भन्दा बढीको उमेरमा कार्यकारी पदमा बस्न नपाउने । त्यस्तै एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने यस्तो अभ्यास हामीले गर्नुपर्छ ।
तपाई पूरै नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ भन्नुहुन्छ पनि भन्नुहुन्छ फेरि आफै अध्यक्षमा दाबी पनि गर्नुहुन्छ । यसमा कहाँनेर तादाम्य छ ? 
अहिलेको समाजलाई जसले सहि विश्लेषण गर्नसक्यो, अहिलेको परिस्थितिलाई जसले आत्मसाथ गर्नसक्यो, अहिलेको आर्थिक क्रान्ति गर्ने अभिभारालाई जसले बुझ्न सक्यो, त्यो टिम अर्थात नयाँ टिम आउने छ ।
त्यसरी नयाँ पुस्तालाई अगाडि बढाउने क्रममा मेरो आवश्यकता नयाँ पुस्ताले गरिरहेको छ । त्यो आवश्यकतालाई महसुश गरुन्जेल म हौसलाका लागि बस्नुपर्यो । त्यसपछि नेतृत्व हस्तान्तरण पनि गर्नुपर्यो । यो सोचका साथ, योजनाका साथ म अगाडि बढ्छु ।
एमालेकै एउटा पक्षले तपाईको नेतृत्वकालमा पार्टी कमजोर भएकोले अब फेरि नेतृत्व दिन हुँदैन भन्छ नी ?
चुनावमा हुने हारजीतले पार्टी कमजोर हुँदैन । त्यति कुराले मात्र यसको मापन हुँदैन । व्यवहारमा के देखियो भने एमालेको संगठन मजबुद रहेछ । वीचमा एउटा भेलजस्तो, ग्रहण लागेजस्तो भयो ।
राजनीतिक पार्टीको जीवनमा जीत र हार दुइटै भइरहन्छ । एमालेको आधार बलियो थियो । वैचारिक जग पनि बलियो थियो । संगनात्मक जग पनि बलियो थियो ।
जीत र हार भन्ने हो भने सबै हारेका होइनन् ? सबैले मूल्यांकन गरेका होइनन् ? प्रत्येक केन्द्रीय सदस्यले एक स्वरले काठमाडौं उपत्यकाका १५  सीटमा हुँदैन, १६ मा हुन्छ भनेर भनेका होइनन् ।
तिनै मुख होइनन् ? बरु मैले भनेको थिएँ, सम्झौता गरौं । प्रचण्डलाई ठाउँ दिऔं । तर, हुँदैन, १५ औँ सीटम हुँदैन, १६ औँ मात्रै हुन्छ भनेर दम्भ देखाउने मान्छेले खै राजीनामा दिएको ? नैतिकता देखाए ? मैले त देखाए । मैले त लगातार एउटै मान्छे बसिराख्नुपर्छ भन्ने मान्यतालाई तोडिदिए ।
जिते पनि हारे पनि लगातार कुर्सीमा बसिरहनुपर्छ भन्ने मन्यतालाई मैले तोडिदिए । नैतिक रुपमा जिम्मेवारी लिए । अरुले लिए ? छाड्ने हिम्मत गरे ? गरेनन् । यसरी राम्रो उदाहरण प्रस्तुत गर्ने मान्छेलाई ‘एप्रोसिएट’ गर्नुपर्ने होइन ? नेपालको कम्युनिष्ट आन्दोलनमा माधव नेपालले राम्रो काम ग¥यो भनेर एमाले पार्टीभित्रबाट ‘एप्रोसिएट’ गर्नुपर्ने होइन ?
एमालेभित्र चलिरहेको सैद्धान्तिक, वैचारिक बहसमा तपाईको अहिलेको नेपाली समाजको चरित्रबारे मान्यता के हो ? 
जनताको बहुदलीय जनवाद पहिलो चरणबाट दोस्रो चरणम प्रवेश ग¥यो । मदन भण्डारीले तीनवटा चरणको चर्चा गर्नुभएको थियो ।
एउटा सामन्तवादका अवशेष विरुद्धको  संघर्ष चरण, अर्को पुँजीवादको विकासको चरण र तेस्रो समाजवादमा संक्रमणको चरण । हामी अहिले दोस्रो चरणमा छौँ । तेस्रो चरणमा पुगिसकेका छैनौँ । हामी राष्ट्रिय पुँजी विकासको चरणमा छौँ ।
एमालेभित्र तपाई र केपी ओली बाहेकका अन्य नेता अध्यक्ष बन्न लायक छैनन् ?
कार्यकर्ताले रोज्छन् भने त ठीक छ नि । कसैलाई लागेको छ भने आउन् न । प्रतिस्पर्धा न हो । एकातर्फ प्रतिस्पर्धाको राजनीति अवलम्बन गरेको भन्ने, अर्कोतिर माधव नेपाल प्रतिस्पर्धामा आउने वित्तिकै ओ भाग्नुप¥यो, छाड्नुप¥यो उहाँले भन्ने । यस्तो पनि हुन्छ ? आउनुप¥यो नि प्रतिस्पर्धामा । हो, एउटा कुरा म मान्दछु, उही पदमा जानु हुँदैन । म महासचिवको पदमा फेरि जान्न । सकिएन ? उही पदमा म जान्न । फेरि महासचिव हुन्न । चाहिएको छ भने म उपाध्यक्ष पनि हुन्न । ल, भएन ?
पुस्ताबाट कोही आउँछन् भने छाड्नुहुन्छ ?
सबैले आवश्यकता महसुस गर्छन् भने मेरो सहयोग रहन्छ । मेरो पूर्ण सहयोग रहन्छ । मेरो तर्फबाट कुनै असहयोग रहँदैन । पूरा सहयोग रहन्छ । सबैले हामीले सहयोग गरौं र नयाँ पुस्ताले पनि, सबैले सहयोग गरौं र नयाँ पुस्ताले पनि म अगाडि बढ्छु भन्ने कुरामा सबैको सहमति हुन्छ भने ठीक छ ।
आज सोच्नुपर्ने कुरा केहो थाहा छ ? पहिलो देशको राजनीतिमा हुने आन्तरिक प्रतिस्पर्धामा एमालेलाई सर्वश्रेष्ठ  । दोस्रो अन्र्तराष्ट्रिय क्षेत्रमा एमालेलाई स्थापित गरेर अझ अगाडि बढाउनुपर्ने छ ।
यी धेरै चुनौतीहरु छन् पार्टीको लिडरसीपमा । पद पाउँ भन्ने कुरा रहरले मात्रै हुँदैन । एकचोटि पद पाएर मात्रै जीवनको तात्पर्य पूरा हुन्छ भन्ने होइन । समाजको परिवर्तन र रुपान्तरणको अगुवाइ गर्न सक्नुप¥यो ।
तपाई आगामी महाधिवेशनमा एमाले पार्टीको अध्यक्षको उम्मेद्वार हो ?
त्यो घोषणा गर्नुप¥यो भने त बेग्लै गरौंला न ।
केपी ओली एकपटक नेतृत्वमा जान्छु भनिरहँदा तपाईको व्यक्तिगत सहानुभूति छैन उहाँ प्रति ?
मेरो मान्यता के छ भने नेताहरुका आफ्ना आफ्ना विशषेताहरु छन् । योगदान पनि छ । उहाँहरुको उचित व्यवस्थापन हुनुपर्छ । बेवास्ता गरेर जान हुँदैन, उचित व्यवस्थापन गर्नुपर्छ । त्यो व्यवस्थापनमा सबै पद एउटैले लिन हुँदैन । उसको योग्यता क्षमताको आधारमा साथीहरुलाई हामीले व्यवस्थापन गर्नुपर्छ ।
छ नि व्यवस्थापन गर्ने ठाउँ, कोही राष्ट्रपति हुने, कोही प्रधानमन्त्री हुने, यी सबै कुराहरु गर्न सकिन्छ । एउटा कुनचाँहि युवाले घोषण गर्दियो रे, माधव नेपाल सल्लाहकारको अध्यक्ष हुनुपर्छ भनेर । त्यस्तै अर्को मान्छे छन् भने ज्येष्ठ मञ्चको सभापति बनाइदिन्छौं । वृद्ध मान्छेको पनि सभापति बनाइदिन्छौँ । धेरै बकबक बोल्नेहरुको पनि एउटा बेग्लै टोली बनाइदिऔंला ।

  •  
  •  
  •