संविधान निर्माण गर्न दलहरु ‘फस्ट फरवार्ड’ हुनुपर्छ – नेपाल

158
  •  
  •  
  •  

madhavविराटनगर, २८ कात्तिक (ओएनएस): नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तोकिएको मितिमा संविधान निर्माण गर्न दलहरुले द्रुत गतिमा काम गर्नु पर्ने बताएका छन् ।

उनले अझै पनि संधिबान जारी गर्नको लागि समय रहेको भन्दै साहमितका साथ अघि बढेमा संविधानसभा नियमावली संशोधन गर्न जरुरी नभएको बताए । प्रेस चौतारी मोरङले शुक्रबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘ तोकिएको मितिमा संबिधान जारी गर्न फास्ट फरवार्ड काम गर्नु पर्छ, दलहरुबीच सहमति भए नियमावली संशोधन गर्न जरुरी छैन । ’

अहिले स्थिति असहज जस्तो देखिएको बताउँदै नेपालले कांग्रेस र एमालेले ल्याएको प्रस्ताव सहमतिकै लागि भएको भन्दै त्यसबाट नडराउन उहाँले एमाओवादीलगायतका दललाई आग्रह गर्नुभयो ।

एमाओवादी मुलुकप्रति जिम्मेवार नभएका कारण समस्या भइरहेको भन्दै नेपालले आफूले जे गरे पनि सही हुने तर अरूले गरेको काम गलत भन्दै हिँड्ने एमाओवादीप्रति असन्तुष्टि जनाउनुभयो । एमाओवादीको बानी केटाकेटी रिसाएजस्तो रिसाउने र चक्लेट दिएर फकाउनपर्ने अवस्था रहेको भन्दै उहाँले त्यस्तो केटौले प्रवृत्ति छाडेर संविधान निर्माणमा लाग्न आग्रह गर्नुभयो ।


  •  
  •  
  •