सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धनः नेता नेपाल

259
  •  
  •  
  •  

काठमाडौँ, १५ मंसिर : नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई समृद्ध बनाएर नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताएका छन् । संयुक्त वाम गठबन्धनले काठमाडौँ क्षेत्र नं २ नरेफाँटमा शुक्रबार आयोजना गरेको चुनावी कार्यक्रममा उनले राजनीतिक स्थिरता र सरकारको स्थायित्व भएपछि मात्र देशमा विकास हुने बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेपालले मुलुकमा सामाजिक न्याय र जनतालाई अधिकार सम्पन्न बनाउन वाम शक्तिले ठूलो संघर्ष र मेहनत गरेको उल्लेख गर्दै गठबन्धनको जनताको हकअधिकारको रक्षाका लागि सदैब कार्य गर्ने बताए ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमले देशमा राजनीतिक अस्थिरताले स्थानीय पूर्वाधार विकास निर्माणका कार्यले गति लिन नसकेको र औद्योगिक विकास हुन नसकेकाले बेरोजगार समस्या बढेको बताउँदै अब राष्ट्रको विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।


  •  
  •  
  •