सरकार ढाल्ने होइन विकासका लागि अघि बढौः नेपाल

272
  •  
  •  
  •  

काठमाडौँ, ७ बैशाख(ओएनएस) : एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढाल्ने खेलमा नलाग्न सबैलाई आग्रह गरेका छन् ।

राजदेवी मिडिया सेन्टरले मंगलबार चन्द्रनिगाहपुरमा आयोजित साइकल वितरण कार्यक्रममा नेपालले सरकारले गलत कामको विरोध गरेर सुशासन सुनिश्चित गर्दै देशभर विकासको लहर ल्याउने प्रयत्न गर्नुपर्ने उनको भनाई छ । अहिलेको अवस्थामा सरकार ढाल्ने खेलमा लाग्न नहुने उनको भनाई छ ।

उनले मधेसी नेता तथा जनतालाई पहिले संविधानमा आफ्नो अधिकार सुनिश्चित छ या छैन् भनेर संविधानको अध्ययन गर्न आग्रह गर्दै कागले कान लग्यो भन्दैमा कागको पछि दौडने प्रवृति त्याग्न आग्रह गरेका छन् ।

यस्तै, उनले पार्टी पारदर्शी ढंगले चल्नुपर्ने भन्दै मापदण्डको आधारमा मुल्यांकन हुनुपर्ने बताएका छन् । उनले एमाले मात्र नभई सबै दलले संविधान अनुसार पार्टी चलाउनुपर्ने धारणा राखेका छन् ।

राजदेवी मिडिया सेन्टरले प्रत्येक वर्ष गौरमा साईकल दौडको कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताका विजेतालाई नेता नेपालले साईकल वितरण गर्दै आएका थिए ।


  •  
  •  
  •