अबको १५ दिनमा संविधान जारी गर्नुपर्छ –नेपाल

64
  •  
  •  
  •  

काठमाडौं ३० साउन (ओएनएस):  पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले  अबको १५ दिनमा संविधानसभाले संविधान जारी गर्नु पर्ने धारणा राखेका छन् ।

शनिबार काठमाडाैंको जोरपाटीमा एक कार्यक्रममा नेपालले संविधानमा राम्रो व्यवस्था भएमा जो सुकैका माग समावेश गरिनुपर्ने उल्लेख गर्दै नेपालले उक्त धारणा राखेका हुन् ।

नेपालले भने, ‘संविधान निर्माणसँगै ७० वर्ष अघिदेखिको मुद्दा थान्को लागेपछि आर्थिक विकासका अभियानमा लाग्ने समय मिल्ने भएकाले अबको १५ दिनमा संविधानसभाले संविधान जारी गर्नुपर्छ, यो वा त्यो अतिवादले क्षति पु¥याउने भएकाले समन्वय र सन्तुलनका आधारमा संविधान जारी गरिनुपर्छ ।’

मणिगाल निर्माण उपभोक्ता समिति, इस्टपोल उमावि, जागृति महिला समूह र स्तरीय महिला समूहको संयुक्त आयोजनामा जोरपाटी नारायणटारमा आयोजित इस्टपोल प्रतीक्षालय निर्माण एवं मणिगाल उद्यान निर्माणको शुभारम्भ गर्दै  नेपालले कर्णाली, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतले आन्दोलन गर्नु नपर्ने गरी एवं विविधतालाई एकतामा बदली धर्मका सम्बन्धमा उठेका विषयलाई पनि सम्बोधन गर्ने गरी संविधान जारी गरिनुपर्नेमा बताए । नेता नेपालले वृक्षरोपण गरी उद्यान र शिलान्यासका साथ प्रतीक्षालय निर्माणको शुभारम्भ गरेका थिए ।


  •  
  •  
  •